Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रूपैयाँ

एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रूपैयाँ

  • 424
    SHARES
  • एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रूपैयाँ

    काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१‍.९८ प्रतिशतले ले बढेर २ अर्ब २ करोड रूपैयाँ पुगेको छ ।

    अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रूपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

    बैंकको खुद ब्याज आम्दानी ३१ दशमलब९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १४ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सञ्चालन नाफा ३९.१७ प्रतिशतले ले बढेर २ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी ५ रूपैयाँ ८३ पैसाले बढेर १८ रूपैयाँ १५ पैसा पुगेको छ ।

    अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिशेयर आम्दानी १२ रूपैयाँ ३२ पैसा थियो । प्रतिशेयर नेटवर्थ १४७ रूपैयाँ ७९ पैसा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij