Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पाल्पा बस दुर्घटना : मृतक ६ जनाको सनाखत

पाल्पा बस दुर्घटना : मृतक ६ जनाको सनाखत

  • 389
    SHARES
  • पाल्पा बस दुर्घटना : मृतक ६ जनाको सनाखत

    पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । बाग्लुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु१ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका-८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं-७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका-७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका-२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका-५ बस्ने २४ वर्षीय पूर्णिमा कामी, बाग्लुङ बडिगार्ड गाउँपालिका-१० बस्ने ५५ वर्षीय यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बसमा २२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ करिब ५ बजे बस दुर्घटना भएको हो ।

    बस सडकदेखि करिब ६० मिटर तल बस खसेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । उक्त सडकखण्डमा पटक-पटक सवारी साधन दुर्घटना हुने गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij