Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

माल्दिभ्सविरूद्धकाे खेलमा दिपेशले नेपाललाई अग्रता दिलाए

माल्दिभ्सविरूद्धकाे खेलमा दिपेशले नेपाललाई अग्रता दिलाए

  • 367
    SHARES
  • माल्दिभ्सविरूद्धकाे खेलमा दिपेशले नेपाललाई अग्रता दिलाए

    काठमाडौं । यू-२० साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा पहिलो हाफको खेल सकिदा नेपालले १–० को अग्रता बनाएको हो ।

    ४२औं मिनेटमा दिपेश गुरुङले गरेको गोलबाट नेपालले अग्रता लिएको थियो । आयुष घलानले हानेको डाइरेक्ट फ्री किकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरेर बचाएका थिए ।

    तर रिबाउन्डमा प्राप्त बललाई अभिषेकले करिब २५ यार्डबाट हानेको बल गोलमा परिणत भएको थियो ।

    नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा छ । नेपाल माल्दिभ्सलाई पराजित गर्दै उपाधी दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij