Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

राहदानीबाट २ करोडबढी राजश्व संकलन

राहदानीबाट २ करोडबढी राजश्व संकलन

  • 336
    SHARES
  • राहदानीबाट २ करोडबढी राजश्व संकलन

    काठमाडौं । लमजुङमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोडबढी राजश्व संकलन भएको छ ।

    गत आर्थिक वर्षको श्रावण देखि असार सम्म राहदानी सेवा प्रवाहबाट मात्रै दुई करोड ६७ लाख ९३ हजार रूपियाँ  राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।

    कार्यालयले एक आर्थिक वर्षमा करिब तीन करोड रूपैयाँ राजश्व संकलन गरेको समेत मिश्रले बताए । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न शीर्षकमा २ करोड ८७ लाख २७ हजार २५३ रूपैयाँ राजश्व संकलन गरेको हो ।

    कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट ६ हजार आठ सय ५१ राहदानी सिफारिस सेवा भएको छ । सो अवधिमा राहदानीका लागि ५ हजार ३५० साधारण सिफारिस भएको छ भने एक हजार पाँच एक द्रूत सिफारिस भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी मिश्रले बताए ।

    राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक र एजेन्सी दर्ता शुल्क बाट पाँच लाख, ९५ हजार चार सय दुई रूपैयाँ राजश्व संकलनन गरेको छ । प्रशासनिक दण्ड जरिवाना जफतबाट ८ लाख २० हजार ६ सय १० रूपैयाँ संकलनन भएको कार्यालयले जनाएको छ ।

    यस्तै हातहतियार इजाजत पत्र दस्तुरबाट पाँच लाख ११ हजार ३५ रूपैयाँ संकलनन भएको छ भने परीक्षा दस्तुरबाट एक हजार एक सय रूपैयाँ राजश्व संकलनन भएको प्रशासन कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij