Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित

  • 415
    SHARES
  • जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको मंगलबार बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको बैठक आजै बेलुकी ४ बजे फेरी बस्ने गरि स्थगित भएको हो ।

    ‘केही विषय प्राविधिक भएकोले फरेनसिक ल्याब विज्ञहरूबाट जानकारी लिनुपर्ने हुँदा बैठक स्थगित भएको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले बताए ।

    उनले भने, ‘ आजै ४ बजे बसेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’ नेपाल प्रहरीको फरेनसिक ल्यबाबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए ।

    सोही प्रतिवेदनबारे छलफल गर्न आज बिहान समितिको बैठक राखिएको थियो । ‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौं र हेर्यौं । त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकोले विष्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भने ।

    आज ४ बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेनसिक ल्याबका विज्ञहरूलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाए । केही दिनअिघ समितिले अर्थ मन्त्रालयसको सीसी टिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेनसिक ल्याबमा पठाएको थियो ।

    उनले भने, ‘बैठकमा उहाँहरूले प्राविधिक कुराहरु जानकारी गराउनुहुन्छ, त्यसपछि हामी निस्कर्षमा पुग्छौं ।’

    पूर्वअर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुईजना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए भने प्रतिनिधि सभाले उनीमाथि छानबिन गन विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij