वेबटिभी खबर
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसको बढ्दो संक्रमणप्रति सचेतता अपनाउन निर्देशन दिएका छन् ।
फेरि कोरोनाको संक्रमण बढ्न थालेको तर्फ सचेत हुन आग्रह गर्दै सभामुख सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन रुलिङ गरेका हुन् ।
संसद बैठकमा मंगलबारको सभामुख सापकोटाले भने, ‘कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्यका मापदण्ड अपनाउन ध्यानाकर्षण गराउँछु । माननीय सदस्य ज्यूहरूलाई मास्क लगाउन आग्रह गर्दछु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij