वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज दिउँसो तीन बजे सार्वजनिक गर्ने यस वर्षको एसइई परीक्षाको नतिजा परीक्षार्थीले विभिन्न माध्यमबाट हेर्न सक्ने छन् ।
बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रा.लि, इजी सर्भिस प्रा.लि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रा.लिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।
यसपटकको नतिजामा ननग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij