वेबटिभी खबर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इन्जिनियर नविन डाँगीविरूद्ध भष्टाचार मुद्दा दायर गरेको छ ।
मोटरबाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीवरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ६ हजार ५ सय रूपैयाँ बिगो दाबी गरिएको छ ।
डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
आयोगको बुटवल र नेपालगन्जबस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धान हुँदा उनले अरु रकम पनि हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij