Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

देवचुलीमा दूध संकलन केन्द्र स्थापना

देवचुलीमा दूध संकलन केन्द्र स्थापना

  • 394
    SHARES
  • देवचुलीमा दूध संकलन केन्द्र स्थापना

    नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा दूध संकलन केन्द्र स्थापना भएको छ । देवचुली-७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले १६ लाखको लागतमा दूध संकलन केन्द्र स्थापना गरेको हो ।

    युनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष डिल्लीराम काफ्लेका अनुसार दूध संकलन केन्द्रमा फिस्टेल डेरीले ८ लाख बराबरको २ हजार लिटर क्षमताको ट्यांकी १ लाख बराबरको जेनेरेटर र देवचुली नगरपालिकाले ४ लाख बराबरको अस्थायी भवनको सहयोग गरेको छ ।

    दूध संकलन केन्द्रका लागि पशुपालन समूहले ३ लाख ऋण लगानीमा थ्री फेस लाइन, क्यान र अन्य आवश्यक भाडाकुँडा खरिद गरी सहयोग गरेको काफ्लेले जानकारी दिए ।

    दूध संकलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको हो । देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले कृषकले दूध बिक्री गर्न टाढा जानुपर्ने बाध्यता हटेको बताए ।

    नगरप्रमुख न्यौपानेले कृषकलाई समानुपातिक ढंगले चोक्कर वितरण गर्ने उल्लेख गर्दै नगरभित्र दानाको मूल्य न्यूनीकरण गर्न पहल गर्ने जानकारी दिए । यसअघि दूध संकलन केन्द्र नहुँदा यहाँका कृषक धारापानी र दलदले पुग्नुपर्ने अवस्था थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij