Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

चितुवाको आक्रमणबाट एकजना घाइते

चितुवाको आक्रमणबाट एकजना घाइते

  • 479
    SHARES
  • चितुवाको आक्रमणबाट एकजना घाइते

    बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट आज एकजना घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका-२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द रहेका छन् ।

    चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासोमा फसेको थियो ।

    खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij