Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अर्थमन्त्रीको सपथ लिँदै शर्मा 

अर्थमन्त्रीको सपथ लिँदै शर्मा 

  • 423
    SHARES
  • अर्थमन्त्रीको सपथ लिँदै शर्मा 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् ।

    माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट एक नेताका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।

    शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनकाे भनाइ छ ।

    आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

    त्यसपछि उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउँदै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको निष्कर्ष निकालेकाे थियाे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij