Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर फेरि लिलामीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर फेरि लिलामीमा

  • 325
    SHARES
  • नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर फेरि लिलामीमा

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमबारबाट ७९ हजार ८७३ कित्ता संस्थापक शेयर पुनः लिलामीमा बिक्री खुला गरेको छ ।

    कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्ने छ ।

    उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले २२ साउनसम्म एनआइबीएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेस गर्न सक्नेछन् ।

    न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij