Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित

संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित

  • 366
    SHARES
  • संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित

    काठमाडौं । संसादको ‘राज्यका निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न बोलाएको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मा अनुपस्थित भएका छन् ।

    सोमबार मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा सांसदहरू उपस्थित भए पनि परराष्ट्रमन्त्री र प्रधानसेनापति भने उपस्थित भएनन् । समितिका सभापति निरादेवी जैरूले परराष्ट्रमन्त्री खड्का अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरूलाई जानकारी  गराएकी थिइन् ।

    बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरू, रक्षा मन्त्रालयका सचिवलाई बोलाएको थियो ।

    सभापति जैरूले भनिन्, ‘परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई दस्तावेजसहित उपस्थित हुन भनेका थियौ । तर, परराष्ट्रमन्त्रीले विशेष काम परेको भनी उपस्थित हुन नसक्ने जानकारी केहीबेर अघिमात्रै आयो । रक्षा सचिवले पनि परराष्ट्रमन्त्रीको उपस्थितिमा मात्रै उपस्थित हुने जानकारी दिनुभयो ।’

    परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि समिति बैठक मूल विषय छाडेर विविधअन्तर्गत संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशिताका सवाल कतिको सम्बोधन भएको छ ? भन्नेमा केन्द्रित भएको छ ।

    समिति सभापति जैरूका अनुसार एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे परराष्ट्रमन्त्री खड्काको समय लिएर अर्को बैठक राखिनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij