Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भौतिक संरचना र जनशक्तिको अभाव हुँदा समस्या

भौतिक संरचना र जनशक्तिको अभाव हुँदा समस्या

  • 387
    SHARES
  • भौतिक संरचना र जनशक्तिको अभाव हुँदा समस्या

    दमौली । भौतिक संरचना अभाव र कम जनशक्तिका कारण तनहुँ जिल्ला अदालतमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अदालतमा प्रत्येक वर्ष मुद्दाको चाप बढेको तर भौतिक संरचना अभाव हुनु र कम जनशक्तिका कारण सेवा प्रवाहमा कठिनाइ भएको हो ।

    मुद्दा संख्या बढेअनुसार जनशक्ति थप हुन नसक्दा सेवा प्रवाहमा असहजता हुँदै आएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवर बताए । जिल्ला अदालतमा तीन न्यायाधीशको दरबन्दी रहेपनि हाल दुई न्यायाधीश मात्रै कार्यरत रहेका छन् भने त्यसमध्ये एक न्यायाधीशको दरबन्दी रिक्त छ ।

    एकजना न्यायाधीश पदपूर्ति हुने बित्तिकै जिल्ला अदालतमा इजलास बनाउने ठाउँ छैन । ‘ढिलोचाँडो रिक्त रहेको पदमा न्यायाधीश पदपूर्ति भएपछि इजलास र न्यायाधीश बस्ने कार्यालय कहाँ बनाउने हो भन्ने समस्या छ,’ स्रेस्तेदार कुँवरले भने, ‘अदालतमा हाल भइरहेकै ठाउँ अभाव छ ।’

    एकजना न्यायाधीश थपिँदा पाँचजना कर्मचारी थप गर्नुपर्छ । अदालतमा हाल कार्यरत कर्मचारी पनि अपुग रहेको छ । कूल ५६ जना दरबन्दी रहेको अदालतमा स्थायी २५ र करार २२ गरी ४७ जना कर्मचारी कार्यरत छ भने न्यायाधीश एक, डिठ्ठा पाँच र तामेल्दार तीन गरी नौजना कर्मचारी रिक्त रहेको अदालतले जनाएको छ ।

    अहिले स्रेस्तेदार १, तहसिलदार १, शाखा अधिकृत १, इजलास अधिकृत २, नायब सुब्बा ११, लेखापाल १, सूचना प्राविधिक सहायक १, सर्भेक्षक १, कम्प्युटर अपरेटर १, डिठ्ठा ८, तामेल्दार ६, हलुका सवारीचालक १ र कार्यालय सहयोगी ९ जना कार्यरत छन् ।

    अदालतमा हाल दुईवटा इजलास छ । एउटा इजलास थप गर्न बाँकी रहेको बताउँदै  स्रेस्तेदार कुँवरले भने, ‘ठाउँ नपुगेपछि सभाहल वा लाइब्रेरीमध्ये एक ठाउँमा इजलास बनाउने तयारी गरेका छौं, इजलास थपिएपछि पाँचजना कर्मचारी थप चाहिन्छ, त्यसका लागि के गर्ने सम्बन्धित निकायमा जानकारी गराउँछौं ।’

    अदालतमा पुस्तकालय, मेलमिलाप कक्ष, वैतनिक कानुन व्यवसायी कक्ष, बालमैत्री कक्ष र सरकारी वकिल कक्ष समेतको स्थान अभाव रहँदै आएको छ ।

    वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले भने, ‘स्रोतसाधन अभावका बीचमा पनि अदालतले सेवा प्रवाह गर्दै आएको छ, तर यसले सेवा प्रवाहमा असहजता उत्पन्न गराएको छ,’ उनले भने, ‘यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij