Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रक्रियाअघि बढाउन बारको माग

चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रक्रियाअघि बढाउन बारको माग

  • 416
    SHARES
  • चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रक्रियाअघि बढाउन बारको माग

    काठमाडौं । नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव तत्काल अघिबढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेका बारका पदाधिकारीको टोलीले सभामुख सापकोटालाई भेटेर जबराविरूद्धको महाअभियोग अघिबढाउन आग्रह गरेको हो ।

    संघीय संसदमा विचाराधीन रहेको जबराविरूद्धको महाअभियोग प्रस्ताव लामो समयसम्म अघिनबढेपछि बारको टोली सिंहदरवार पुगेको हो ।

    बारकी महासचिव अञ्जिता खनालले चालु अधिवेशनबाट नै जबराविरूद्धको महाअभियोगको छिनोफानो गर्ने गरि प्रक्रियाअघिबढाउन माग गर्न बारको टोली सभामुख सापकोटासमक्ष पुगेको जानकारी दिईन ।

    जबराविरूद्ध सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले गत १ फागुनमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए भने २३ फागुनमा प्रतिनिधिसभा बैठकले महाअभियोग सिफारिस समिति बनाएको थियो ।

    तर उक्त महाअभियोग प्रस्तावका बारेमा थप कुनै कारबाही प्रक्रियाअघि बढेकाे छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij