Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

  • 386
    SHARES
  • परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

    पर्सा । जिल्ला प्रशासन कार्यालय, पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ ।

    राष्ट्रिय परिचयपत्र, ई-पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाईन फाराम जिल्लाका १४ वटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

    अव उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम भरेर मात्र प्रशासन कार्यालय आउनुपर्ने छ । प्रशासन कार्यालयका अनुसार सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत सार्वजनिक गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई-पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न ६ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij