Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै निगम घेराउ

  • 377
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै निगम घेराउ

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

    अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन ।

    इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ ।

    तर भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij