Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सरकारले बढाएन विद्यालय कर्मचारीको तलब 

सरकारले बढाएन विद्यालय कर्मचारीको तलब 

  • 4.6K
    SHARES
  • सरकारले बढाएन विद्यालय कर्मचारीको तलब 

    काठमाडौं । सरकारले विद्यालय कर्मचारी (कार्यालय सहयोगी र लेखापाल) को तलब बढाएको छैन । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत तलब बढ्ने अपेक्षा गरेका विद्यालय कर्मचारी निराश बनेका छन् ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मन्त्रीस्तरबाट स्वीकृत भइ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९/८० मा विद्यालय कर्मचारीकाे तलब यथावत् रहेकाे उल्लेख छ ।

    सरकारले कार्यालय सहयोगीलाई ८ हजार रूपैयाँ र लेखापाललाई १३ हजार पाँच सय रूपैयाँ मासिक तलब उपलब्ध गराएकाे बताएको छ । यो तलबमान आर्थिक वर्ष २०७८/७९ को बजेटमा व्यवस्था गरिएको थियो ।

    कार्यान्वयन पुस्तिकामा भनिएको छ,‘प्रत्येक सामुदायिक विद्यालयमा १ जना विद्यालय सहयोगीका लागि मासिक रू ८००० का दरले १३ महिना बराबरको पारिश्रमिक अनुदान उपलब्ध गराउने, प्रत्येक सामुदायिक माध्यमिक विद्यालयमा थप १ जना विद्यालय सहायक कर्मचारीका लागि मासिक रू १३,५०० का दरले १३ महिना बराबरको पारिश्रमिक अनुदान उपलब्ध गराउने ।’

    सरकारले स्थानीय तहले विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिकमा नपुग रकम थप गर्नुपर्ने बताएको छ ।

    यसअघि अर्थमन्त्री जनार्दन शर्माले भने विद्यालय कर्मचारीको बढाउने अभिव्यक्ति दिएका थिए । उनकाे अभिव्यक्ति अभिव्यक्ति मै सीमित भएकाे छ । 

    १/२ जना जुटेर इसीडी शिक्षकका माग पूरा हुँदैनन् : शोभा अर्याल १/२ जना जुटेर इसीडी शिक्षकका माग पूरा हुँदैनन् : शोभा अर्याल

    याे हेर्नुहाेस् 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology