वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा) ले पहिलो केन्द्रीय समिति बैठक बोलाएको छ ।
यही साउन २१ गते शनिबार केन्द्रीय समिति बैठक बोलाएको डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
पार्टी पुनर्गठन गर्ने निर्णय भएको झण्डै एक महिनापछि पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकमा पार्टी संगठन, आगामी चुनाव र समसामयिक विषयमा छलफल हुने पाण्डेकाे भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij