Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

  • 565
    SHARES
  • परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।

    परराष्ट्र मन्त्रालयले शुक्रबार  एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा.खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् ।

    भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ ।

    भ्रमणका बेला डा.खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij