Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाढीका कारण इरानमा ८० जनाको मृत्यु

बाढीका कारण इरानमा ८० जनाको मृत्यु

  • 434
    SHARES
  • बाढीका कारण इरानमा ८० जनाको मृत्यु

    एजेन्सी । इरानमा हालै आएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ८० नाघेको  छ । देशका विभिन्न ठाउँमा आएकाे बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।

    इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही बेपत्ता भएको बताए । बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मीलगायतलाई खटाइएको छ ।

    इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij