Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

जसपाका केही मानिस रूपान्तरित हुन नसकेकाले विकल्प रोज्यौं : डा.भट्टराई

जसपाका केही मानिस रूपान्तरित हुन नसकेकाले विकल्प रोज्यौं : डा.भट्टराई

  • 866
    SHARES
  • जसपाका केही मानिस रूपान्तरित हुन नसकेकाले विकल्प रोज्यौं : डा.भट्टराई

    काठमाडौं । हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रूपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् ।

    images

    जसपालाई रूपान्तरण सुधारका लागि अनेक प्रयन्त, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रूपान्तरित हुन नसकेको उनको आरोप छ ।

    ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकरिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उद्देश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्टाए ।

    यसले वैधानिक पूर्णता पाउन अझै बाँकी रहेको र यही कारणले पार्टीको वैधानिकता पूरा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको उनले बताए ।

    पार्टीले वैधानिकता प्राप्त गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क विस्तार गर्ने उनको भनाइ छ । पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महेन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology