Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

क्याथे प्यासीफीक एयरवेजले हंकङ-काठमाडौं उडान भर्ने

क्याथे प्यासीफीक एयरवेजले हंकङ-काठमाडौं उडान भर्ने

  • 395
    SHARES
  • क्याथे प्यासीफीक एयरवेजले हंकङ-काठमाडौं उडान भर्ने

    काठमाडौं । हंकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासीफीक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हंकङ-काठमाडौं-हंकङ उडान भर्ने भएको छ ।

    एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ ।

    प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुंगो लागि नसकेको प्रवक्ता निरौलाले बताए ।

    उनले भने, ‘क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण)ले राति ८ बजेपछिको समय दिने भनेका छौं, एयरवेजले सहमति जनाइसकेको छैन ।’

    क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हंकङ-काठमाडौं-हंकङ एउटा उडान भर्नेछ । क्याथे प्यासीफीक हंकङको ड्रयागन एयरलाइन्सअन्तगर्ततकै एयरलाइन्स हो।

    कोभिड-१९ महामारीपूर्व ड्रयागन एयरलाइन्सले हंकङ-काठमाडौं गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हंकङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासीफीक ड्रयागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो ।

    क्याथे प्यासिफिक एयरवेज लिमिटेड हंकङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हंकङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ ।अहिले काठमाडौं-हंकङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ ।

    नेपालीको बाहुल्यता रहेको हंकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौंबाट हंकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ । हाल क्याथेले हंकङ-काठमाडौंमा चार्टर्ड उडान भर्दै आएको छ ।

    क्याथेले एयरबस ‘३३०-३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलंकन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij