Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एएफसी वेमन्स क्लब च्याम्पियनसीप खेल्न सावित्रा भारत प्रस्थान

एएफसी वेमन्स क्लब च्याम्पियनसीप खेल्न सावित्रा भारत प्रस्थान

  • 453
    SHARES
  • एएफसी वेमन्स क्लब च्याम्पियनसीप खेल्न सावित्रा भारत प्रस्थान

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आई लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसीप खेल्न भारत प्रस्थान गरेकी छन् ।

    चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन् । उनी आज शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । सावित्रालाई यस सिजनका लागि भारतीय आइ लिग क्लब गोकुलम केरलाले अनुबन्ध गरेको थियो ।

    क्लबबाट उज्वेकिस्तानमा २० देखि २६ अगस्टसम्म हुने पश्चिम क्षेत्रको समूह चरणको खेल खेलेर उनी साफ च्याम्पियनसीपका लागि नेपाल फर्किने तालिका रहेको छ ।

    सावित्राले भारतीय महिला लिगमा सन् २०१९ मा सेथु एफसी र सन् २०२०/२१ मा गोकुलम केरलाबाट खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्नेछिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij