वेबटिभी खबर
गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा-१० सिमिचौरमा पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीदरबार गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगा रहेका छन् ।
आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij