Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति गरिँदै

प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति गरिँदै

  • 502
    SHARES
  • प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति गरिँदै

    वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका-१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ ।

    प्रदेश सरकारको कूल ६ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति गर्ने काम सुरु गरिएको हो ।

    मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म यो सडक खण्डको निर्माण  सम्पन्न हुने जनाइएको छ।

    उक्त सडक स्तरोन्नतिको काम शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौंले पाएको हो । वीरगञ्ज-१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि काम सुरु भएको छ। एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको योजना अघि बढाइएको हो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij