Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कञ्चपुरमा नौ हजार बढी मतदाता थपिए

कञ्चपुरमा नौ हजार बढी मतदाता थपिए

  • 343
    SHARES
  • कञ्चपुरमा नौ हजार बढी मतदाता थपिए

    कञ्चनपुर । कञ्चनपुरमा ९ हजार ८ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमार्फत् मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए ।

    उनका अनुसार नयाँ थप भएका मतदातामा महिला ४ हजार ९ सय ६६ र पुरुष मतदाता ४ हजार ८ सय ६२ रहेका छन । यसअघि जिल्लामा २ लाख ९५ हजार ३ सय ५४ कूल मतदाता रहेका थिए ।

    थप नयाँ सहित मतदाता संख्या ३ लाख ५ हजार १ सय ८२ पुगेको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली संकलनको कार्य स्थगित गरिएको छ’, अधिकृत जोशीले भने ।

    ‘केही दिनभित्रै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्छौ । यसमा नाम सच्याउने, ठेगाना सार्ने, मृत्यु भएका मतदाताको नामावली हटाउने लगायतका कार्य हुने छन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij