वेबटिभी खबर
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जंगलमा हरिणको आक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका-८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सोमबार साँझ घर नजिकैको जंगलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij