Logo

२०८३, कार्तिक २ गते आइतवार

२०८३, कार्तिक २ गते आइतवार

नवल खड्काको चलचित्र ‘काँडेतार’बारे के भन्छन् नेताहरू ?

नवल खड्काको चलचित्र ‘काँडेतार’बारे के भन्छन् नेताहरू ?

  • 592
    SHARES
  • नवल खड्काको चलचित्र ‘काँडेतार’बारे के भन्छन् नेताहरू ?

    काठमाडौं । नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताका लागि विभिन्न दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् । देशभक्तको भावना रहेको उक्त चलचित्र प्रदर्शनमा आउँदैछ ।  प्रदर्शनमा आउनुपूर्व निर्माण पक्षले बुधबार ‘चलचित्र काँडेतार, नेपाल र छिमेकीसँगको सम्मुनत सम्बन्धको लागि प्रस्तावना’ कार्यक्रमको आयोजना गरेको थियो ।

    काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेकपा एमालेका नेता डा.भीम रावल, माओवादी केन्द्रका नेता देव गुरूङ, कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले उक्त चलचित्रको सफलताको शुभकामना दिएका हुन् ।

    नेता डा.रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने बताएका छन् । रावलले सुरूमै ‘शरिर देशको सिमाले बन्छ,जनता आत्मा हुन्, स्वाधिनताभित्र अस्तित्व रहन्छ, देशभक्ति उच्च झन्’ बोलको कविता वाचन गरेका थिए ।

    उनले सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउने जस्तो बुझिए पनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको बताए । उनले भने, ‘आफ्नो देशको सुरक्षाको लागि सबै देशले सिमाना बलियो बनाएको छन् । हामीले काँडेतार, पर्खाल लगाए पनि हुन्छ । भियाना महासन्धिअनुसार सिमा लागु गरेर पनि सिमाको सुरक्षा हुनसक्छ । हामीले हाम्रो देशको प्रधानसेनापतिको अभिव्यक्ति पनि सुन्यौं । नेपाली सेना हाम्रो भरपर्दो शक्ति हो । प्रधानसेनापतिले एउटा कार्यक्रममा भने–हाम्रो देशको सिमनामा काँडेतार लगाउनुपर्छ । उहाँले भन्नुको अर्थ सिमानाले अब पूर्ण सुरक्षा खोजिरहेको छ भन्ने हो । मलाई पनि यो लागेको छ ।’

    माओवादी केन्द्रका नेता देव गुरूङले चलचित्रको माध्यमबाट राष्ट्रिय स्वाधिनताको रक्षाको लागि ठूलो योगदान पुगेको बताए । उनले भने, ‘म यो चलचित्रको सफलताको कामना गर्दछु । नेपालको स्वाधिनताको यात्रामा यो चलचित्र ऐतिहासिक कडीको रूपमा रहेको छ । नवलजीले यसअघि दशगजा फिल्म पनि बनाउनुभएको छ ।’

    उनले अहिले देशमा नागरिकताका समस्या पनि आएको गुनासो पोखे । उनले भने, ‘राष्ट्रियताको मुद्दा विश्व साम्राज्यवादसँग जोडिएको छ । नेपालको रक्षा र सुरक्षा हुन सक्ने कि नसक्ने ? नेपाल युक्रेन हुने खतरा छ । तत्काल सैन्य युद्धको खतरा छ । युद्धको बढेको छ । हामी सबैखाले बाहृय हस्तक्षेपको विरूद्धमा लड्नुपर्छ । यसको लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’

    नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले प्रत्येक नेपालीहरूको मस्तिष्कमा सिमानाको रक्षाको लागि काँडेतार लगाउनुपर्नेमा जोड दिए ।

    काँडेतारका नायक तथा निर्माता नवल खड्काले आफूहरूले देशको सिमाना रक्षाको लागि चलचत्रि बनाएको र वर्षौदेखि अभियान चलाउँदै आएको सुनाए ।

    उनले खुला सिमाना नेपालका लागि घातक छ भन्ने कुरा घामजत्तिकै छर्लङ भएको टिप्पणी गरे । उनले भने,‘काँडेतार चलचित्र बनिसकेको छ । देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट पाउनुपर्ने साथ र सहयोग पाएका छैनौं । दशगजा, भीमदत्तजस्ता फिल्ममा सेन्सर लगाउने काम भएको थियो । देशभक्तहरूमाथि प्रहार हुने गरेको छ । पुर्खाहरूले लडेर जोगाएको भूमि हामीले जोगाउनुपर्छ । यदि हामीले समयममै यी कुरा समाधान गर्न सकेनौं भने हाम्रो नियती प्यालेस्टाईनजस्तो हुन्छ । समुन्द्र नभएका देशहरूले काँडेतार लगाएका छन् । सिमानामा काँडेतार नहुँदा कोरोनाकालमा महामारी छिर्ने सुरूङमार्ग भयो । यो चलचित्र जनजनमा पुग्नुपर्छ । यो प्रस्तावलाई चलचित्र हेरेर अनुमोदन गर्नुपर्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij