वेबटिभी खबर
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने भएको छ ।
सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् ।
खानका सल्लाहकार गिलले एउटा टेलिभिजनमा व्यक्त गरेको भनाइलाई लिएर उनीमाथि मुद्दा चलाउन लागिएको बताइएका छ ।
सेनामा विद्रोहलाई उक्साएको अभियोगमा गिलमाथि देशद्रोहको मुद्दा लाग्ने गृहमन्त्री सनाउल्लाहलले बताए ।
इस्लामाबादमा पत्रकारहरूसँग उनले भने, ‘हामीले यसको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छौं । यो हाम्रा संस्थाहरूलाई बदनाम गर्ने योजनाबद्ध कदम हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij