वेबटिभी खबर
एजेन्सी । श्रीलंकाको राज्यसञ्चलित विद्युत् निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महशुल बढाउँनेछ ।
घाटामा रहेको सिलोन विद्युत् बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क तोकेको हो । बोर्डले नौ वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो ।
सीइबीले ८०० प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो । तर नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।
शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत् प्रयोग गर्ने दुई तिहाइबढी प्रभावित हुनेछन् । ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij