Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एक्लाएक्लै लडे एमालेले बहुमत ल्याउँछ : खगराज अधिकारी 

एक्लाएक्लै लडे एमालेले बहुमत ल्याउँछ : खगराज अधिकारी 

  • 389
    SHARES
  • एक्लाएक्लै लडे एमालेले बहुमत ल्याउँछ : खगराज अधिकारी 

    काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

    रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा बोल्दै उनले कांग्रेस एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको बताए । ‘कांग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाई भन्दा बढी सिटमा जित्छौं,’ उनले भने ।

    अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिए । ‘यो वित्तिय गठबन्धन हो । राजश्वको दर फेरबदल गर्न अनधिकृत व्यक्ति गएकै हो । हामीले ठोकुवाका साथ यो कुार भनेका छौं,’ उनले भने, ‘जसको प्रत्यक्ष प्रभाव फलामको उद्योगमा देखिएको छ । स्यानिटरी प्याडको उद्योगमा पनि देखिएको छ । टायर उद्योगमा देखिएको छ । चाउचाउ उद्योगमा देखिएको छ ।’

    उनले अहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको सुनाए । उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने बेलामा बढेको छ । यसले प्रत्यक्ष रूपमा जनता महँगीको मारमा परेका छन् ।’

    निर्वाचनअघि नै गठबन्धनवालाहरूले चुनावमा पनि गठबन्धन गर्न खोजेकोमा उनले प्रश्न उठाए । उनले भने,‘अहिले नीतिहीन, सिद्धान्तहीन र गन्तव्यहीन गठबन्धनका साथ जो निर्वाचनमा गइँदैछ । निर्वाचन पहिले नै गठबन्धनको परिकल्पना गरिँदैछ । समाजवादतर्फ कसरी यात्रा तय गर्छौ ?’ एमाले मूलतः आफ्नो खुट्टामा उभिएर जाने उल्लेख गर्दै गठबन्धन नगर्ने स्पष्ट पारे । ‘तर हामी चुनावमा सहकार्य र तालमेलको रूपमा अघि बढ्छौं,’ उनले भने ।

    युवाहरूले प्रधानमन्त्री हुन खोजेको प्रसंग कोट्याउँदै उनले भने, ‘यो एउटा रमाइलो र रोमाञ्चित कुरा हुनसक्छ । तर हामीले प्रधानमन्त्री हुन चाहेको व्यक्तिले टावरिङ पर्सानिलिटीका साथ लविङ गर्न सक्छ कि सक्दैन्, त्यो हेरिनुपर्ने उनले बताए ।

    अर्को प्रसंगमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकता विधेयकको बारेमा आफ्नो निर्णय लिने विश्वास व्यक्त गरे ।

    माओवादी अध्यक्ष प्रचण्डले तत्काल राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नुपर्छ भनेको विषयमा उनले प्रश्न गर्दै भने, ‘प्रचण्ड को हो ? प्रधानमन्त्री हो र ? प्रचण्डको आदेश तामेल गनुपर्ने राष्ट्रपति उहाँको कार्यकर्ता होइन होला नि । प्रचण्ड त मजस्तै सांसद हो । सत्तापक्षको घटकको नेता न हो । सांसद न हो । उहाँ र म मा के फरक छ ? राष्ट्रपतिले समयभित्र आफ्नो निर्णय लिनुहुन्छ ।’

    उनले कतिपय विधेयकहरू पूनविर्चार भएका पनि स्मरण गराए । तर आफूले वैवाहिक अंगीकृतहरूले ७ वर्ष पछिमात्रै नागकिरता पाउनुपर्छ भन्ने अडान राखेको र यसलाई निरन्तर राखिरहने सुनाए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij