Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गठबन्धन कार्यदल बैठक निष्कर्षबिहीन

गठबन्धन कार्यदल बैठक निष्कर्षबिहीन

  • 468
    SHARES
  • गठबन्धन कार्यदल बैठक निष्कर्षबिहीन

    काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ठोस निर्णय गरेन ।

    बैठकमा सिट बाँडफाँट र विभिन्न मोडालिटीमा छलफल भएको कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार चाँडोभन्दा चाँडो कार्यदलले तोकिएको जिम्मेवारी पूरा गर्ने छ ।

    आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँटका लागि पार्टीका आधार प्रस्तुत गरेका थिए ।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट गगन थापा र सञ्चारमन्त्री कार्की सदस्य छन् ।

    माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij