वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ ।
काठमाडौंमा बिहीबार बसेको नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
पाण्डेले पूर्वप्रधामन्त्री तथा नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईको प्रेस सल्लाहकारको भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij