वेबटिभी खबर
काठमाडौं । गृह मन्त्रालयले आगामी ५ भदौभित्र मिटरब्याज पीडितहरूलाई उजुरी हाल्न आग्रह गरेको छ ।
शनिबार सूचना जारी गर्दै गृहमन्त्रालयले पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी दिन आग्रह गरेको हो ।
विशेषगरी तराईका जिल्लाहरूमा केही समययता मिटरब्यजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भइरहेका छन् ।
नवलपरासी पश्चित प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको हो ।
याे समस्या समाधानका लागि सरकारले गृहमन्त्रालयका सहसचिव डा.भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेकाे छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij