Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पाल्पामा छ हजार बढी मतदाता थपिए

पाल्पामा छ हजार बढी मतदाता थपिए

  • 353
    SHARES
  • पाल्पामा छ हजार बढी मतदाता थपिए

    पाल्पा । पाल्पा जिल्लामा ६ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरूले नाम दर्ता गराए पछि ६ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो ।

    उक्त नामावलीमा साढे ६ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताउ । उनका अनुसार ३ हजार एकसय ४० महिला र ३ हजार ५ सय ३० पुरुष थपिएका हुन् ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेकामा पछिल्लो थप विवरणसहित २ लाख ६ हजार ३ सय ६० मतदाता पुगेको हो । यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १३ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले आयोगबाट तोकिएको समय सीमामा थप समय उपलब्ध गराउन निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ ।

    सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य २० गतेदेखि स्थगित गरेको थियो । स्थानीय तह निर्वाचनसम्म करिब १० हजार मतदाताको १८ वर्ष उमेर नपुगेका कारण अन्तिम मतदाताको सूचीमा नाम समावेश भएको थिएन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij