Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दुई करोड बढीको उपकरणहरू प्रयोगविहीन

दुई करोड बढीको उपकरणहरू प्रयोगविहीन

  • 418
    SHARES
  • दुई करोड बढीको उपकरणहरू प्रयोगविहीन

    महोत्तरी । महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको २ करोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ ।

    उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरू प्रयोगविहीन भएर थन्किएको हुन् ।

    दुई वर्षअघि कोभिड विशेष अस्पतालकारूपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि २ करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो ।

    कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले अढाई करोड बढीका ती उपकरणहरू प्रयोग गर्न नसकेकाेमा विगत दुई वर्षदेखि ती सामग्रीहरू प्रयोगविहीन बनेको हो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शतिश साहले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसियु सञ्चालन आएको तर अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरू भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी दिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij