Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

फोहाेर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण

फोहाेर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण

  • 484
    SHARES
  • फोहाेर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

    बैठकमा सांसदहरूले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरे ।

    नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौंमा फोहाेर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुन सक्ने खतरा उत्पन्न भएको बताए ।

    उनले सांस्कृतिक सहर काठमाडौंको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरेका थिए । एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौंका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताए ।

    बैठकको शून्य र विशेष समयमा सांसदहरूले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । सांसद राजन केसी, निरु पाल, रामवीर मानन्धर, हितबहादुर तामाङ, यज्ञराज सुनुवार, प्रेम सुवाललगायतले विविध विषयमा ध्यानाकर्षण गराएका हुन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij