Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • 586
    SHARES
  • कस्तो रहला आजको मौसम ?

    काठमाडौं । देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।

    अहिले कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । गण्डकी प्रदेश र प्रदेश १ का केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

    देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij