Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमन्त्रीको आग्रह

कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमन्त्रीको आग्रह

  • 475
    SHARES
  • कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड-१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन-प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । मन्त्रालयद्वारा बुधबार आयोजित छलफलमा सरकारका प्रवक्ता गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको बताउँदै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।

    सरकारका प्रवक्ताले भने, ‘यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस् ।’

    उनले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिएका छन् । उनकाअनुसार मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ ।

    मन्त्री गुरुङले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिएका छन् । कोभिड-१९ न्यूनीकरणबारे नीति बनाउन सञ्चारमाध्यमसँग पनि छलफल गरिने उनको भनाइ थियो । मन्त्री गुरुङले वर्तमान समयमा सञ्चारमाध्यमलाई बढीभन्दा बढी कोभिड केन्द्रित हुन अनुरोध पनि गरे ।

    सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चारमाध्यमले सरकारले गरेका सकारात्मक कार्यभन्दा पनि हुँदै नभएका भ्रामक र असत्य समाचार सम्प्रेषण गरिरहेको जनाउँदै त्यसो नगर्न सम्बन्धित सबैमा आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij