Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

जनतालाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्री देउवाको निर्देशन

जनतालाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्री देउवाको निर्देशन

  • 417
    SHARES
  • जनतालाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।

    सोमबार ललितपुरमा आयोजित बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नवनिर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकहरूलाई उक्त निर्देशन दिएका हुन् ।

    कार्यक्रममा उनले जनप्रतिनिधिकै कामले पार्टीको लोकप्रियता बचाउने विश्वास व्यक्त गर्दै आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताए ।

    उनले भने, ‘स्थानीय तह निर्वाचनबाट हामी बलियो भएका छौं । अब हाम्रो ध्यान मंसिर ४ को संघीय र प्रदेश निर्वाचनमा छ । पहिलो पार्टी बन्छ भनेर हामी लाग्नुपर्छ, त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

    २०७४ सालमा गठबन्धनसँग एक्लै लडेर पराजित भएको स्मरण गर्दै अहिले आफ्नै बलियो गठबन्धन रहेको बताए । उनले अब कति ठाउँमा जित्छौं भन्ने महत्त्वपूर्ण हुने र सोही अनुसार भेदभाव नगरी मिलाएर लैजाने बताए ।

    उनले यसपटक गठबन्धन पनि लागु हुने र टिकट वितरण न्यायबद्ध हुने बताए । उनले भने, ‘कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij