वेबटिभी खबर
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।
छोरा यमन श्रेष्ठले दिएको जानकारीअनुसार अक्सिजनका मात्रा कम भएकाले अस्पताल भर्ना गरिएको हो । यही वैशाख ६ गते श्रेष्ठको परिवारका पाँचजनालाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
संक्रमणपछि घरमा नै आइसोलेसनमा बसेका श्रेष्ठलाई स्वास्थ्यमा जटिलता आएपछि वैशाख १० गते अस्पतालमा भर्ना गरिएको थियो । ८ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार आएर उनी वैशाख १७ गते घर फर्किएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij