Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

१४ वर्षमा ८४.६६ खर्ब रेमिट्यान्स भित्रियो

१४ वर्षमा ८४.६६ खर्ब रेमिट्यान्स भित्रियो

  • 497
    SHARES
  • १४ वर्षमा ८४.६६ खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । नेपालमा १४ वर्षम ८४.६६ खर्ब रूपैयाँ नेपाल विप्रेषण(रेमिट्यान्स) भित्रिएको छ । उक्त समयमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् ।

    वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९सम्म उक्त संख्यामा नेपालीहरु रोजगारीका लागि विदेश गएका हुन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो ।

    वैदेशिक रोजगारीमा जानेमध्ये ४७ लाख १४ हजार ५९१ जना पुरूष र २ लाख ८६ हजार २४२ जना महिला रहेका छन् ।

    गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वोर्डले जनाएको छ । गत वर्ष ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

    ८४.६६ खर्ब रेमिट्यान्स

    वैदेशिक रोजगारीमा गएकाहरूबाट नेपालमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो ।

    गत आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रूपैयाँ नेपाल भित्रिएको वोर्डले जनाएको छ ।

    वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब रूपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब रूपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब रूपैयाँ, २०६९/७० मा ४ खर्ब ३४ अर्ब रूपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रूपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रूपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रूपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रूपैयाँ, २०७५/७६ मा ८ खर्ब ७९अर्ब रूपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रूपैयाँ र २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । 

    करिब ११ हजारले गुमाए ज्यान

    पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको उतै मृत्यु भएको छ । सबैभन्दा बढी नेपाली कामदारको विदेशी भूमीमा मृत्यु गत आर्थिक वर्ष २०७८/७९ भएको थियो ।

    सो वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।

    वोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५/६६ मा ७८, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा १ हजार ६, २०७२/७३ मा ८२६, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२ र २०७७/७८ मा १ हजार २४३ जनाको मृत्यु भएको छ ।

    वोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनाहरुमा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij