Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बालबालिकाका लागि पहिलोपटक कोरोनाविरुद्धको खोप अनुमति 

बालबालिकाका लागि पहिलोपटक कोरोनाविरुद्धको खोप अनुमति 

  • 845
    SHARES
  • बालबालिकाका लागि पहिलोपटक कोरोनाविरुद्धको खोप अनुमति 

    ओट्वा । क्यानडाले बालबालिकाका लागि पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । फाइजर खोप बच्चाका लागि अनुमोदित हुने विश्वको पहिलो कोरोना खोप बनेको छ ।

    क्यानाडाली औषधि नियामक निकाय हेल्थ क्यानाडाले १२ देखि १५ वर्ष उमेरका बच्चाहरूलाई खोप प्रयोग गर्न अनुमति दिएको छ। यसभन्दा अगाडि फाइजरको खोप १६ वर्षभन्दा माथिका बालबालिकालाई दिँइदै आएको थियो ।

    अमेरिकामा पनि बालबालिकालाई लगाउने गरी फाइजर बायोन्टेकको खोप स्वीकृत हुन सक्ने मानिएको छ । 

    फाइजरको खोप बालबालिकामा जनवरीदेखि मार्चको बीचमा परीक्षण गरिएपछि खोप निर्माताले पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन् । यसको प्रभावकारीता १०० प्रतिशत रहेको बताइएको छ ।

    अमेरिकामा फाइजरबाहेक मोडर्ना, जोनसन एन्ड जोनसनको खोप पनि बालबालिकामा परीक्षण गर्न सुरु गरिएको छ । मोडर्ना खोपको परीक्षणको नतिजा जुन महिनासम्म र त्यसपछि जोन्सन एन्ड जोन्सनको खोपको नतिजा आउने छ ।

    यस वर्षको अन्त्यसम्ममा बालबालिकाले दुवै कम्पनीको खोप लगाउन सक्ने दाबी गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij