दिलकुमारी वली
माडी गाउँपालिकाका बालशिक्षकले गतवर्ष खाइपाइ आएको तलब रू ७ हजारमा २५ सय काटेर रू ४५ सय मात्र स्थानीय तहले निकासा गरेको छ ।
सम्पूर्ण संघसंगठनमा आबद्ध पदाधिकारी र शिक्षक महासंघ माडी गाउँपालिका रोल्पा जिल्ला समिति परिवार, ७७ जिल्लाका शिक्षक महासंघ समिति परिवार, केन्द्रीय समिति परिवारलाई ध्यानाकर्षण गराउँदै तुरून्तै यो गल्तीलाई सच्याएर जाओस् भन्ने हेतुले परामर्श गर्न र गराउनको लागि विनम्र अनुरोध गर्दछु ।
हामी बालशिक्षकले माडी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउँदा जायज मागहरू राखेका थियौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय सरकारलाई गरेको निर्देशन ‘सरकारले तोकेको न्यूनतम पारिश्रमिक स्थानीय सरकारले दिनू’ भन्ने थियाे । याे कार्यान्वयन भएकाे छैन ।

अर्कोतर्फ हिजाे बिहीबार बालशिक्षक (२०७९/४/२ गते) माडी गाउँपालिका–घर्तिगाउँ गएका थियाैं । हाम्रा मागबारे पालिका उपाध्यक्ष जय पुरी घर्ति मगरले सकारात्मक रूपमा लिनुभयाे । उहाँले इसीडी शिक्षकले खाइपाइ आएको तलब नकाट्ने बताउनुभयाे । उहाँले स्थानीय तहबाट ७ हजार दिने बताउनुभयाे । केन्द्रबाट बढेर आए सोहीअनुसार दिने बताउनुभयो ।
बाँकी २०७८/७९ को बजेटमा १५ हजार तलब तोकिएता पनि १२ हजार ५ सय मात्रै स्थानीय तहले दिएको हो । यसको विषयमा उपाध्यक्षसँग छलफल गर्याैं र बाँकी २५ सय छुटेको हाे दिनुपर्छ भन्याैं । हामीले केन्द्रले नपुग तलब पठाइएको छ भनेर जानकारी गराउँदा हामीलाई जानकारी छैन भन्नुभयाे । र,उहाँले हिजोका दिनमा के–के भयो हामीलाई थाहा छैन भन्नुभयाे । सोधपुछ गरेर जानकारी दिन्छौं भन्नुभएको छ ।

[माडी गाउँपालिका बालविकास अध्यक्ष दिलकुमारी वली । विद्यालय : श्री सन्तोष आधारभूत विद्यालय दिरपुलेडाँडा माडी, रोल्पा ।]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij