वेबटिभी खबर
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा.बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टीसँग चुनावअघि पार्टी एकता नहुने बताएका छन् ।
नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनमा सहभागी हुन बाबुरामकाे गृहजिल्लासमेत रहेकाे गोरखामा शुक्रबार आएका प्रचण्डले एउटै चिन्हबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने स्पष्ट पारे ।
उनले भने, ‘बाबुरामजीसँग एउटै चिन्हमा चुनाव लड्ने सहमति भएकाे छ । चुनावअघि पार्टी एकता भने हुँदैन।’
एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि समिति बनाउने तयारी भइरहेको उनकाे भनाइ छ ।
वामपन्थी दलहरूबीच चुनावी मोर्चा बनाएर जाने विषयमा आफूहरूबीच छलफल अगाडि बढे पनि टुंगो नलागेकाे प्रचण्डले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij