Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

देवाही गोनाहीमा सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा ल्याउने तयारी

देवाही गोनाहीमा सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा ल्याउने तयारी

  • 426
    SHARES
  • देवाही गोनाहीमा सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा ल्याउने तयारी

    रौतहट । रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुविधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा  ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भवन नजिकै घर भाडामा लियर नगरपालिकामै पहिले पटक अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

    सामान्य बिरामीले नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्यधुनिक सुविधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।

    अस्पताल सञ्चालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समृत सेवाको लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताए ।

    नगरका बवपन्न, गरिव र मुख्य ओहोदाका व्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उदेश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एमबीबीएस चिकित्सकले २४ घण्टा सेवा दिने गरि १५ शैयाको बिरामी मैत्री भवन सहितको अस्पताल सञ्चालन ल्याउने तयारी भएको देवाही गोनाहीका नगरप्रमुख प्रेमलाल साह कानुले बताए ।

    अस्पतालमा आधुनिक उपचारका उपकरणहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, आकस्मिक उपचार कक्ष सहितको प्रसूति सेवा लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको नगरपालिकाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij