वेबटिभी खबर
काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् ।
नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, माक्सवादको प्रचार गर्ने जस्ता प्रतिबद्धाता बिर्सनु नहुनेको उनको भनाइ छ ।
उनले कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए ।
राणा शासनविरूद्ध होस वा पञ्चायती व्यवस्थाको विरूद्धमा नै किन नहोस् कम्युनिस्ट पार्टीहरूको योगदान अतुलनीय छ ।
उनले अहिले राजनीतिमा ‘म’वादी सँस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बताए ।
‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता हुँदैन ।
उनले भने, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन । तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij