Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह

इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह

  • 347
    SHARES
  • इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन् ।

    काठमाडौँ महानगरपालिका-१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको आज उद्घाटन गर्दै उनले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

    स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उनको भनाइ छ । ‘इन्धनमा स्वचालित मूल्य कायम गरिएको छ, सोही अनुसार सरकार अगाडि बढ्नुपर्छ, उपभोक्तालाई मारमा पार्न हुँदैन’, उनले भने ।

    स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा नेपालमा मूल्य नघट्नु दुःखद् कुरा भएको बताए । सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने उनको भनाइ छ ।

    वाग्मती प्रदेशका संस्कृति एवम् पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख बजेटमा सामुदायिक सभाहल निर्माण गरिएको जानकारी दिए । उनले उक्त सामुदायिक सभाहलका लागि चालु आर्थिक वर्षमा थप २० लाख विनियोजन गरेको उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij