Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा निरौला

एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा निरौला

  • 983
    SHARES
  • एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा निरौला

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला चयन भएका छन् । तत्कालीन प्रमुख सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको सो पदमा निरौला चयन भएका छन् ।

    संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम निरौलालाई प्रमुख सचेतकमा चयन गरेका हुन् ।

    निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज बागमती प्रदेशसभा सचिवाललाई जानकारी समेत गराइएको छ । काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत निर्वाचित प्रदेशसभा सदस्य निरौला एमाले काठमाडौं जिल्ला कमिटीका सचिव समेत हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij